धादिङमा नेकपा एकीकृत समाजबादि पार्टीको जिल्ला कार्यलय उद्-घाटन

धादिङ असोज -३
होराइजन संबादाता

नेकपा (एकिकृत समाजवादी) पार्टीले जिल्ला कमिटि धादिङको कार्यालय उद्घाटन गरि संचालनमा ल्याएको छ । सदरमुकाम धादिङबेसी स्थित पुछारबजारमा स्थापना गरिएको जिल्ला पार्टी कार्यालय आजबाट औपचारिक रुपमा संचालन गरिएको हो ।

पार्टी कार्यालय उद्घाटनमा नेकपा (एस) का केन्द्रिय सदस्य एवं् केन्द्रिय कार्यालय सचिव गंगालाल तुलाधर र नेकपा (एस) केन्द्रिय सदस्य गुरुप्रसाद बुर्लाकोटीले उद्घाटन गरिएको हो।

पार्टी कार्यलय सन्चालनकै अबसरमा निलकन्ठ नगर कमिटी गठन गरिएको छ।कुलमान वि.क को संयोजकमा ६१ सदस्यीय नगरकमिटी रहने गरि इन्चार्जमा शिवनीधि खनाल, सहइन्चार्ज शिवराज सापकोटा, सहसंयोजकमा दामोदर अर्याल र सचिवमा शान्तविक्रम बानिया चयन भएका छन् ।

नेकपा एकीकृत समाजबादीको नेता तथा कार्यकर्ताहरु देशभर आफ्नो संगठन बिस्तार र पार्टी कार्यलय सन्चालन्मा लागिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here