कुमारी देवि मा.वि मा ५७ अाै बाल दिवसकाे अवसरमा बिबिध कार्यक्रम

सिर्जनिशल बाल समूह र कक्षा १० काे अायाेजनामा “सामान्य अवस्था वा काेभिड महामारी : बाल अधिकार संरक्षण हामी सबैकाे जिम्मेवारी” भन्ने मुल नाराका साथ कुमारी देबि माध्यमिक बिधालय, निलकण्ठ १० चाँपटारीमा ५७ अाै राष्ट्रिय बाल दिवस कार्यक्रम सम्पन्न भएकाे छ । बिध्यालयका विधार्थीहरू विच सदनात्मक हाजिरी जवाफ प्रतियाेगिताकाे साथै वालअधिकार सम्वन्धि चेतना मुलक कार्यक्रम समेत प्रस्तुत गरिएकाे थियाे ।

बाल दिवसकै अवसर पारि ECD कक्षा देखि १० कक्षसम्मका विधार्थीहरूलाई स्टेशनरी सामग्री तथा ३४ जना विधार्थीहरूलाई बिध्यालय पाेषाक समेत बितरण गरिएकाे बिधालयका सहायक प्र.अ बाबुकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा बिध्यालयका शिक्षक, शिक्षिका, बिध्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू लगायतकाे उपस्थिती रहेकाे थिेयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here