‘बजेट होलिडे’, बुधबारदेखि सरकारी खर्च र राजस्व उठाउन नपाइने

नेपालमा पहिलो पटक ‘बजेट होलिडे’ हुने भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले बजेट पास गर्न नसकेपछि नेपालमा पहिलो पटक ‘बजेट होलिडे’ हुने पक्का भएको हो।

यससँगै बुधबारदेखि सरकारी कोषबाट एक रुपैयाँ पनि खर्च गर्ने अधिकार सरकारलाई हुँदैन। त्यस्तै राजस्व उठाउन पनि सरकारले पाउँदैन। अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेटको समयावधि भदौ ३० गतेसम्म हो। त्यसपछि सो ‘मृत’ सरह हुन्छ।

संविधानमा अध्यादेशमार्फत ल्याएको बजेट खारेज भएपछि कर उठाउन वा ऋण लिन नपाउने, संघीय कोषबाट खर्च गर्न नपाउने व्यवस्था रहेको छ। त्यस्तै अध्यादेश खारेज भएपछि राष्ट्रपति र उपराष्ट्रपति समेतले तलब तथा भत्ता पाउने छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here