सुर्तीजन्य बस्तुको स्वास्थ्य जोखिम कर बढ्यो

काठमाडौँ-२८ भदौ, आर्थिक विधेयक २०७८ ले स्वास्थ्य जोखिम कर थपसँगै सुर्तीजन्य बस्तुको मुल्य बढ्ने भएको छ ।
सरकारले चुरोट, सुर्ती, खैनीजस्ता हानिकारक वस्तुमा लाग्ने स्वास्थ्य जोखिम कर बढाएसँगै अब सुर्तीजन्य वस्तुको मूल्य बढ्ने भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा यी बस्तुको स्वास्थ्य जोखिम कर बढ्यो भन्दै आर्थिक विधेयकमा उल्लेख गरेका थिए ।
सरकारले यस अघि ५० पैसा कर भएको चुरोट र सिगारमा प्रतिखिल्ली ६० पैसा स्वास्थ्य जोखिम कर हुने गरि बढाएको छ । त्यस्तै , यसअघि २५ पैसा स्वास्थ्य कर भएको विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित बिँडीमा बढाएर प्रतिखिल्ली ३० पैसा स्वास्थ्य जोखिम कर पुर्याएको छ ।
यसैगरी, यसअघि प्रतिकिलो ४० रुपैयाँ रहेको तयारी खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा सरकारले प्रतिकिलोग्राम ६० रुपैयाँका दरले स्वास्थ्य जोखिम कर लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here