धादिङको रुबिभ्यालिमा नेपाली काङ्ग्रेसको वडा अधिबेशन सम्पन्न, क्षेत्रीय प्रतिनिधिमा दिपक तामाङ चयन

होराइजन सम्बादाता- धादिङको रुबिभ्याली गाउँपालिका वडा न. ४ मा नेपाली काङ्ग्रेसको वडा अधिबेशन सम्पन्न भएको छ ।
छ्यासङ तामाङको सभापतित्वमा २२ क्रीयाशिल सदस्य गठन गरिएको हो । जस्मा उप सभापतिमा अमर लामा , सचीवमा जयमान तामाङ , सहसचिवमा सौगात तामाङ लगायत चयन भएका छन ।

नेपाली काङ्ग्रेस रुबिभ्याली गाउँपालिका वडा न. ४ का निवर्तमान सभापति नर बहादुर तामाङको सभापतित्वमा कार्यक्रम सप्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस रुबिभ्याली गाउँपालिकाका निर्वाचन अधिकृत सोम तामाङ, नेपाल विद्यार्थी सघंका पुर्ब धादिङ जिल्ला सभापति सेतेमान तामाङ, विद्यार्थी नेता दिपक तामाङ, लगायतको आतिथ्यता रहेको थियो ।

उक्त अधिबेशन बाट क्षेत्रीय प्रतिनिधिमा दिपक तामाङलाई निर्वाचित गरिएको हो । तामाङ ने. बि. सघं काठमाडौका N.R. कलेज इकाइका सभापति रहेको र धादिङ कै कान्छो युवा क्षेत्रीय प्रतिनिधि पनि हुन ।

हाल नेपालका विभिन्न स्थानीय ठाउहरुमा गाउँ नगरहरुमा नेपाली काङ्ग्रेसको अधिबेशन संचालन भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here