नेपाली काँग्रेस धादिङको वडा अधिवेशन १०४ मध्ये १०२ स्थानमा सम्पन्न ।

१४ औं महाधिवेशनमा जुटेको नेपाली कांग्रेसको वडा अधिवेशन शुरु भएको छ । सोमबारदेखि सुरु भएको धादिङको १०४ वटा स्थानीय तहहरु मध्ये यो समाचार तयार गर्दा सम्म कांग्रेसले १०२ वटा वडामा अधिवेशन सम्पन्न भईसकेकाे छ । १०१ वटा वडामा निर्विरोध र बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ८ मा भने निर्वाचनबाट नेतृत्व चयन गरेको छ । नेतृत्व चयन हुन बाँकि रहेको नीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ र ज्वालामुखी गाउँपालिकाको ४ नम्बर वडामा सहमतिको लागि प्रयास जारि रहेको र सहमति जुट्न नसके लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व चयन गर्ने नेपाली कांग्रेस धादिङका जिल्ला सदस्य बिकास श्रेष्ठले जानकारी दिनुभयो ।

धादिङमा कांग्रेसको १५ हजार ७ सय ८८ जना क्रियाशिल सदस्यहरु छन् । १०४ वटै वडा अधिवेशन सम्पन्न भएपछि धादिङमा २४ सय ३ जना वडा कार्यसमितिमा निर्वाचित हुुनेछन् । भने १९ सय ७० जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here