निलकण्ठ बहुमुखी क्याम्पस लगायत अन्य ३ विद्यालयमा
अखिल (क्रान्तिकारी) द्वारा सङ्गठन बिस्तार

धादिङ, भदौ-१८, अखिल क्रान्तिकारी धादिङले संगठन निर्माण अभियान अन्तरगत शुक्रबार नीलकण्ठ नगरपालिका भित्रका १ क्याम्पस र २ विद्यालयमा संगठन निर्माण गरेको छ । जस अनुसार नीलकण्ठ बहूमुखी क्याम्पस इकाईको अध्यक्षमा गणेश कुमार श्रेष्ठ चयन हुनुभएको छ । २७ सदस्यीय इकाई कमिटीको उपाध्यक्षमा नवीना रिजाल, सचिवमा ईश्वर आचार्य, सह–सचिवमा गणेश आचार्य र कोषाध्यक्षमा कुमारी गुरुङ चयन हुनुभएको हो ।
यस्तै धादिङबेसीमा रहेको बाल मन्दिर माध्यमिक विद्यालयमा शंकर रिजालको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको छ । उक्त कमिटीको उपाध्यक्षमा सिमेन तामाङ, सचिवमा रविना रिजाल, सह–सचिवमा नवराज श्रेष्ठ र कोषाध्यक्षमा सन्तोष गुरुङ चयन हुनुभएको हो ।
यसैगरी शुक्रबार नै कर्णेश्वर माध्यमिक विद्यालयमा पनि कमिटी विस्तार गरिएको छ । १७ सदस्यीय कमिटीको अध्यक्षमा रमित पोखरेल, उपाध्यक्षमा सुष्मा पोखरेल, सचिवमा निशान श्रेष्ठ, सह–सचिवमा पूजा विश्वकर्मा र कोषाध्यक्षमा गृष्मा बर्देवा चयन हुनुभएको अखिल क्रान्तिकारी धादिङका कार्यालय सदस्य गणेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here