धादिङ  अस्पताल  र दिपक कोइराला बिच विवाद

धादिङ – निलकण्ठ नगरपालिका धादिङका सल्लाहाकार दिपक कोईरालाले अस्पताल परिसर भित्र पत्रकार  सम्मेलन गर्ने भएको छ । 
धादिङ अस्पतालले  बिना गल्ती आफू विरुद्ध  प्रेस विज्ञप्ति निकालेको भन्दै सत्यतथ्य  पत्ता लगाउन आफुले पत्रकार  सम्मेलन  गर्न लागिएको कोइरालाले बताउनु भयो । उहाँले भन्नू भयो गत भदौ १४ गते ज्वालामुखि  गाउँपालिका वडा न ५ खरिबाट धादिङबेसि  आउदै गरेको बा ३ ख ५६२३ नम्बरको आईचर ट्रक निलकण्ठ नगरपालिका वडा न ८ मा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा  ३५ जना घाईते भएको र धादिङ  अस्पतालमा विरामी आइपुग्दा समेत डाक्टर, नर्स थिएन । घाइते  बिरामीहरु उपचार  नपाएर भुइँमा लडिरह्दा सम्म डाक्टर  आउन सकेन ।  मैले अध्यक्षलाई फोन गरेको हु । तर अस्पतालले विभिन्न  बहान गरेर  मेरो विरुद्ध प्रेस विज्ञप्ति  निकालेछ ।  यदि मेरो गल्ती छ भने मलाई कालो मोसो दलोस, नत्र अस्पतालको मेसु र अध्यक्षलाई मोसो दलोस बजार घुमाउने कोइरालाले बताउनु भयो । भदौ १४ गतेको दुर्घटनाको बिषयलाई लिएर अस्पतारको बारेमा गरिएको भ्रामक प्रचार विरुद्ध जिल्ला अस्पताल धादिङले  भदौ  १६ गते एक प्रेस विज्ञप्ति निकालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here