नेत्रावती डबजोङमा पहिरो प्रभावितलाई राहत सामाग्री सहयोग

धादिङ को नेत्रावती डबजोङ गाउँपालिकामा एकीकृत सामुदायिक विकास अभियान (ICDC) धादिङले वडा नं ४ तमैछाप समुदायका पहिरो पिडित १५ घरपरिवारलाई राहत सामाग्री सहयोग गरेको छ । एकीकृत सामुदायिक विकास अभियान (ICDC) नेपालले (Inzlingen)जर्मनीको सहयोगमा गरिएको आपतकालीन प्रतिकार्य सहयोग अन्तर्गत प्रती परिवार १ त्रिपाल, १ बोरा चामल, २ के.जी.दाल, २ के.जी.नुन आदि वितरण गरेको हो । उक्त कार्यक्रममा नेत्रावती डबजोङ वडा नं ४ का वडा अध्यक्ष तील बहादुर गुरुङ, आइसीडिसी को कोषाध्यक्ष गोपाल गुरुङ र मनोविमर्शकर्ता राजन दुवाडीको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here