नेपालमा कोरोनाको तेस्रो लहरको सुरुवात , निषेधाज्ञा सम्बन्धि जानकारी

नेपालमा कोरोनाभाइरस महामारीको ‘तेस्रो लहरको सुरु भइसकेको र त्यो प्रारम्भिक अवस्थामा रहेको सङ्केत देखिएको” बताउँदै औषधोपचारलाई मात्र त्यसबाट जोगिने उपायका रूपमा नहेरी स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डको पालनामा जोड दिन एक स्वास्थ्य अधिकारीले सबैलाई सजग गराएका छन्।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, “यतिखेर अस्पतालमा कोभिड भएर आउनेको सङ्ख्या फेरि बढ्न थालेको छ, तर अस्पतालबाहिरको व्यवहार भने महामारी नभएजस्तो परस्पर उल्टो छ।”

देशको एक प्रमुख सरुवा रोग अस्पतालमा सबै शय्याहरू कोभिडका बिरामीले भरिएको बताउँदै त्यहाँका चिकित्सकहरूले त्यो “विगतमा झैँ देशकै अवस्थाको प्रतिविम्ब”का रूपमा बुझ्नुपर्ने बताएका छन्।

तर कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भने केही समय अवस्थाको निगरानी गर्ने तर तत्कालै कडा खालको लकडाउनमा जानेबारे नसोचिएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here