सप्तरी स्थित छिन्नमस्ता भगवतीको मुकुट चोरी

सप्तरीको जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता भगवतीको मुकुट आइतबार चोरी भएको छ । मन्दिरका पीठाधीश महाकान्त ठाकुरका अनुसार सफाइका क्रममा नभेटिएपछि मुकुट चोरी भएको खुलेको हो ।

मन्दिरका मूल पुजारी उमेश ठाकुरका छोराको मृत्यु भएका कारण सात दिनयता मन्दिरको सरसफाइ र नियमित पूजा स्थानीय ब्राह्मणले गर्दै आएका थिए । मुकुट ८ सय ५० ग्राम तौलको थियो । केही सन्दिग्ध व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी गराए । मन्दिरमा
राखिएको सीसीटीभी क्यामेरा असारदेखि बिग्रिएको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सीमा सिल गरी मुकुटको खोजी सुरु गरिएको बताए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार नेपाल प्रहरीका एसपी राजेन्द्र धमला,सशस्त्र प्रहरीका एसपी राजु श्रेष्ठलगायतको नेतृत्वमा घटनास्थलमा टोली परिचालन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here