पछिल्लो २४ घण्टामा २,५६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्‍यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने २०२० जनाको संक्रमणमुक्त भएका छन्।
आइतबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ ।
तीमध्ये ९ हजार ८७५ जनाको मृत्यु भएको छ भने ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना रहेका छन् ।
जसमध्ये २८ हजार ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ६७७ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here