२ हजार २२२ जना कोरोनामुक्त, निको हुनेको संख्या ७ लाख नाघ्यो

पछिल्लो २४ घण्टामा थप १ हजार ८५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ हजार १७६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ९ हजार ४०९ जनाको पिसिआर र ३ हजार ७६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, २ हजार २२२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ७ लाख १० हजार पुगको छ।

यसको संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ।
हाल सक्रिय संक्रमित ३६ हजार ८६६ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३.७ प्रतिशत रहेको छ।
यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५४९ जनालाई संक्रमण देखिएको छ।
काठमाडौंमा ३७०, भक्तपुरमा ६७ र ललितपुरमा ११२ जना संक्रमित थपिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here