नेपालमा थप २,५२५ जनामा कोरोना सङ्क्रमण पुष्टि ; ३५ जनाको कोभिड-१९ का कारणले मृत्यु

नेपालमा थप २,५२५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मङ्गलवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १४,८१० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ४,९०१ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

अहिले सङ्क्रमण पुष्टि हुने दर १७ प्रतिशत भएको देखिन्छ। केही साताअघिसम्म उक्त दर २० प्रतिशत हाराहारी थियो।

नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख ३१ हजार नाघेको छ भने मृतकको सङ्ख्या १,०५६८ पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा २,०८६ जना सङ्क्रमणमुक्त भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here