क्रियाशील सदस्यहरुलाई दिएको अधिकार कटाैति गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आफ्नो क्रियाशील सदस्यको अधिकार कतौति गर्ने निर्णय गरेको छ । कांग्रेसले आफ्नो क्रियाशील सदस्यहरुलाई दिएको अधिकार कटौति यहि १४ औं महाधिवेशनबाट गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।

कांग्रेसले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति क्रियाशील सदस्यले चुन्ने व्यवस्था हटाउने निर्णय गरेको छ । विधानमा भएको क्रियाशील सदस्यले चयन गर्ने व्यवस्था संशोधन गर्दै कांग्रेसले वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरु मात्रै गाउँ तथा नगर अधिवेशनका मतदाता हुने निर्णय गरेको छ ।

विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशन र नगर, उपमहानगर, महानगरपालिका क्षेत्र भित्रका कांग्रेसका क्रियाशील सदस्य नगरपालिकाकाे अधिवेशनमा मतदाता हुने व्यवस्थालाई हटाउदै गाउँपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने निर्णय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here