शनिबार धादिङमा १२ जनामा कोरोना पुष्टि, ३७ जना डिस्चार्ज

शनिबार धादिङमा १२ जनामा कोरोना पुष्टि भएको छ । शनिबार थपिएका सङ्क्रमितहरुमा निलकण्ठमा १, गल्छीमा १, त्रिपुरासुन्दरीमा ३, रुबिभ्यालिमा १ र धादिङ्ग हस्पिटलमा परीक्षण गराएका ६ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै शनिबार ३७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ३ रहेका छन् जसमध्ये हस्पिटल आइसोलेसनमा १२ र होम आइसोलेसनमा २ सय ९१ रहेका छन् । जिल्लामा आज स्वाब संकलन भएको छैन । ७२ एनटीजेन परिक्षण मध्ये १२ जनामा पोजिटिभ आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here