रुबिभ्याली गाउँपालिका वडा न. ५ स्थित तायुङ, ब्राम्डाङका ३२ घरधुरी बिस्थापित

धादिङ – रुबिभ्याली गाउपालिका वडा न ५ स्थित तायुङ, ब्राम्डाङ का ३२ घरधुरी पहिरोको उच्च जोखिमले बिस्थापित हुन पुगेका छन !

करिब ३२/३३ घरधुरी गाउँ नजिकै लापा ठुलो गाउँका स्थानीय बासिन्दाहरुको ब्यक्तिगत जग्गा ढिगाङ्ग भन्ने ठाउमा अस्थायी छाप्रो बनाएर बसोबास गरिरहेका छ्न ।

वडाको सामाजिक परिचालक घन बहादुर तामाङका अनुसार बस्तीको अबस्था अत्यन्तै दयनीय रहेको बताउनु भयो । तत्काल खानेपानी र चर्पीको अत्यन्तै समस्या भएको साथै बिजुली बत्ति वा बैकल्पिक सोलारको पनि आवस्यकता छ । पानी पर्दा तिर्पालहरुबाट पानी चुहिने र दिउँसो घाममा गुम्सिएर भित्र बस्नै नसकिने तामाङले होराईजन खबर लाई बताए ।

त्यसैगरि, रुबिभ्याली ५ का वडा सदस्य दर्जुङ तामाङका अनुसार वडाको सिफारिसमा गाउँपालिका तथा अन्य केही सस्थाहरुको सहयोगमा करिब ३२/३३ वटा तिर्पाल प्राप्त भएकोमा अझै थप राहत सामग्री एबम तिर्पालहरुको आवस्यक रहेको बताए ।

अघिल्लो बर्ष बाट सुरु भएको पहिरोले भबिस्यमा उक्त गाउँहरुमा पुर्ण बस्न सकिने अबस्था नरहेकोले तत्काल बस्ती स्थानतरणका लागि संबंधित निकायमा पहल र सिफारिस गरि बस्ती स्थानतरण गर्नु पर्ने सामाजिक परिचालक घन बहादुर तामाङ बताउनु हुन्छ ।

बिस्थापित गाउँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here