नेकपा माओवादी (केन्द्र) रुबिभ्याली वडा न. १ र २ को वडा भेला सम्पन्न

साउन, २८ – नेकपा माओवादी (केन्द्र) रुबिभ्याली गाउँपालिका वडा न. १ र २ को वडा भेला सम्पन्न भएको छ । भेलाले रुबिभ्याली गा. पा. वडा न. १ मा इन्चार्ज सेर बहादुर तामाङ र सह-इन्चार्ज काले थापा सगै अध्यक्षमा मेन तामाङ, सचीव मान बहादुर तामाङ लगायत २९ सदस्यीय कार्यसमितिको गठन गरिएको छ । त्यस्तै वडा न. २ मा इन्चार्ज कले थापा तामाङ, सह- इन्चार्ज ज्ञानु थापा तामाङ अध्यक्षमा राम बहादुर तामाङ, सचीव बुद्धिमान तामाङ सहित २९ सदस्यीय कार्यसमिति गठन गरिएको कार्यक्रमका संचालक राम बहादुर तामाङले होराईजन खबरलाई बताए ।

उत्त भेलाको अध्यक्षतामा नेकपा माओवादी ( केन्द्र ) वडा न. १ का पाटी अध्यक्ष मेन बहादुर तामाङ र भेलाको प्रमुख अतिथिमा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा रुबिभ्याली पाटी इन्चार्ज मिम्बा तामाङ हुनुहुन्थ्यो । साथै विशेष अतिथिमा नेकपा माओवादी केन्द्र रुबिभ्यालिका अध्यक्ष तथा जिल्ला सदस्य रामसिङ्ग तामाङ साथै वडा न. ४ को इन्चार्ज बिपिन तामाङ, वडा न. १ का इन्चार्ज काले तामाङ लगायत ब्यक्तिहरुको आतिथ्यता रहेको तामाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here