नुवाकोटमा ‘तपाईंको मास्क खोइ?’ अभियान सुरु

    नुवाकोट, २६ साउन । कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनिकरणका लागि नुवाकोट प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ?’ कार्यक्रमलाई तीव्रता दिइएको छ।
    नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न प्रहरीले विभिन्न सचेतनामुलक कार्यक्रमसहित मास्क वितरण गरिरहेको हो।
    जिल्लामा कोभिड-१९ को संक्रमण पूर्ण रुपमा बढ्दै गईरहेको अवस्थालाई मध्य नजर गर्दै संक्रमण जोखिम बढ्न नदिने उदेश्यका साथ जिल्ला प्रहरी कार्यालय नुवाकोटले गत २२ गते देखि तपाईंको माक्स खोइ ? अभियान सुरु गरेको छ ।
    नेपालमा तेस्रो लहरको संक्रमण फैलिन लागेको हुँदा नियन्त्रण गर्न सो अभियान चालेको नुवाकोट प्रहरीका डीएसपी हरी बहादुर वलीले जानकारी दिए ।
    जिल्ला प्रहरी कार्यालयबाट खटीका प्रहरी टोलीले बाटोमा आवत-जावत गर्ने मानिसहरुलाई रोकी “तपाईको मास्क खोई, मास्क र सेनिटाईजर प्रयोग गरौँ कोभिड-१९ बाट बचौँ अभियान सुरु गरिएको प्रहरी डीएसपी वलीले बताए ।

    तोकिएको सुरक्षा मापदण्डलाई कार्यान्वयनका लागि नुवाकोट प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्दै विभिन्न सचेतनामूलक कार्यक्रम अभियानकैरुपमा सञ्चालन गरेको वलीले जानकारी दिए ।
    “तपाईंको माक्स खोई” भन्ने समेतको प्ले कार्ड सहितको जनचेतनामूलक कार्यक्रम गर्नुका साथै मास्क नलाएका मानिसहरुलाई कोभिड-१९ सम्बन्धी चेतनामूलक संदेश दिई आज मंगलबार लगभग ३ हजार ६ सय ३० पिस मास्क बितरण गरिएको डीएसपी वलीले बताए ।
    यस्तै भीडभाड नगर्न, अनावश्यकरुपमा घर बाहिर हिँडडुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाका अनुरोध गर्दै हिँडेको छ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here