नेपाल निकट नुवाकोटका प्रभावशाली सांसद नारायणप्रसाद खतिवडा ओलि गुटमा

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालको गुटमा रहेको नुवाकोट क्षेत्र नम्बर २ का सांसद नारायणप्रसाद खतिवडाले उनको साथ छोडेका छन् । शनिबार एक विज्ञप्ति निकाल्दै खतिवडाले माधवको साथ छोडेका हुन् ।
एक विज्ञप्ति प्रकाशित गर्दै नेता खतिवडाले आफू पनि केही समयमा एमालेमै फर्किने भन्दै पार्टीका गतिबिधि मिलेर गर्न प्रस्ताव गरेका छन । माधव नेपाल समूहमा रहेर एमालेविरूद्धकै गतिबिधिमा संलग्न खतिवडाले केही समययता नेता कार्यकर्तासँगको भेटमा शेरबहादुर देउवाका लागि आफ्नो हस्ताक्षर बेचिएकोमा प्रश्चाताप गर्दै आएका थिए।
केही साता अघि एमाले नुवाकोटको सचिवलाय बैठकमा सम्बोधन गर्नेक्रममा नेता ठाकुर गजुरेलले खतिवडाको सन्दर्भ उल्लेख गर्दै गल्ती महशुष गरेर खतिवडा एमालेमै फर्किन चाहेको बताएका थिए ।
केन्द्रीय राजनीतिमा अझै घोचपेच र दाउपेच चलिरहेको भए पनि खतिवडाले भने १० बुँदे सहमतिको जगमा आन्तरिक एकतामा जोड दिँदै केही दिनमै पार्टी एक हुने भएकाले सँगै पार्टीका गतिबिधि गरौँला भन्ने प्रस्ताव गरेका छन ।
खतिवडा संलग्न रहेको गुटको केन्द्रीय कमिटीको बैठकले शुक्रबार मात्रै एमालेले स्वीकार गरेको २२ दिनपछि १० बुँदे सहमति अनुमोदन गरेको थियो । खतिवडाको यो विज्ञप्तिलाइ अर्थपूर्ण रूपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here