उपत्यकामा निषेधाज्ञा १० दिन थप र कडाइ

बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै काठमाण्डू उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले उपत्यकाभित्र राति ८ बजेपछि अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेका छन्।

भदौ ८ गतेसम्म थप भएको उपत्यकाको निषेधाज्ञामा अवधिमा सार्वजनिक निजी निर्माण सामग्री बोक्ने ढुवानी साधनहरू भने बेलुका ९ बजेपछि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न भनिएको छ।स्थानीय ढुवानीका साधनहरू बिहान ९ देखि ११ सम्म र अपराह्ण ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछैन। बाँकी गतिविधिहरू भने यसअघिकै निषेधाज्ञाको निरन्तरता दिइएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here