दोस्रो लहरयता बढ्यो ‘मृत्युदर ; गम्भीर र सामान्य बिरामीलाई छुट्याउने संयन्त्र नहुँदा नहुनुपर्ने मृत्यु भइरहेको छ

गत वर्ष चैत मसान्तसम्म ३,०५९ जनाले कोभिडबाट ज्यान गुमाएकामा बाँकी झन्डै ७० प्रतिशत मृत्यु दोस्रो लहर सुरु भएयता अर्थात् वैशाखयताको साढे तीन महिनामा भएको देखिन्छ।

जेठ पहिलो सातादेखि साउन तेस्रो साताबीच मात्र पाँच हजार मानिसहरूले कोभिड जोडिएका घटनामा ज्यान गुमाएको सरकारी विवरण छ।

स्वास्थ्य अधिकारीहरूले पहिलो लहरमा अस्पताल भर्ना हुने र भर्ना भएकामा समेत मृत्यु दर निकै कम रहेको बताउँछन्।

त्यस बेला मृत्युदर एक प्रतिशतभन्दा निकै कम रहेको बताउँदै डा. अधिकारी दोस्रो लहरमा अस्पतालमा बिरामीको चाप एक्कासि बढ्दा स्रोत-साधनमा व्यवस्थापकीय चुनौती थपिएको बताउँछन्।

जनस्वास्थ्य विज्ञ डा. वन्त भने तिनै कमजोर व्यवस्थापन र प्रभावकारी सूचना प्रवाह नभएका कारण नगुम्नुपर्ने ज्यानहरू गुमेको बताउँछन्।

उनी भन्छन्, “सामान्य निगरानी भए पुग्ने धेरै बिरामीहरूले अस्पतालका शय्याहरू ओगटेर बस्दा आवश्यक भएकाहरूले सेवा पाएनन्। नेपालमा या त मानिसहरू घरमै बस्न बाध्य भए या त अस्पताल खोज्दैमा उनीहरूको समय बित्यो।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here