अन्तर्राष्ट्रिय अादिवासी दिवसकाे अवसरमा सरसफाई तथा वृक्षराेपण कार्यक्रम सम्पन्न

नेपाल मगर संघ , धादिङ र लाङघाली बहुउद्देश्यीय सहकारी संस्था लिं काे संयुक्त पहलमा अाज सरसफाई तथा वृक्षराेपण कार्यक्रम सम्पन्न गरिएकाे छ।

अन्तरास्ट्रिय अादिवासी दिवसकाे अवसरपारि धादिङबेसी स्थित प्रथम सहिद क्या लखन थापा मगर स्मृति पार्कमा सरसफाई तथा वृक्षराेपण गरिएकाे छ । प्रथम सहिद क्या लखन थापा मगरकाे सम्झनामा पार्कमा निमार्ण गरिएकाे र पार्क निमाणमा तत्कालिन जिविस , अादिवासी जनजाति महासंघ धादिङ , नेपाल मगर संघ , धादिङ लगायतकाे सहयाेग रहेकाे श्री लाङघाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजेन्द्र राना मगरले बताउनु भयाे । साे सरसफाई कार्यक्रममा नेपाल मगर संघ, धादिङका पदाधिकारी , लाङघाली बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here