नुवाकोटको बुद्धभुमि हाइड्रोपावरले आयोजना प्रभावित लाई साउन ३२ गतेदेखि IPO निष्काशन गर्ने

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि आईपीओ विक्री गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा विक्री गर्न लागेको हो ।
यो आईपीओ छिटोमा भदौ १४ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ २९ गतेसम्म विक्रीमा रहनेछ । स्थानिय बासिन्दाहरुले आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले नुवाकोट जिल्लामा तल्लो तादी खोलाको पानीबाट ४ हजार ९९४ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
यस आयोजना निर्माणको कुल लागत रू. १ अर्ब १९ करोड रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७७÷७८ को अपस्किृत वित्तिय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. १२ दशमलव ५६ र प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४९ रहेको छ । उक्त अवधिसम्म कम्पनीले रू. ३ करोड ६८ लाख ३२ हजार खुद नोक्सानी व्यहोरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here