कोभिड बाट केही साता यताकै धेरैको मृत्यु ; थप २,५४८ जना सङ्क्रमित तथा ५५ को मृत्यु

नेपालमा गत २४ घण्टामा थप २,५४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ५५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यस सँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ८३ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,०९३ पुगेको छ।

आइतवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १२,३७८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ३,३४५ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा २,०२९ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

सङ्क्रमितमध्ये ३१,९३६ जना घरमा तथा ३,५२२ जना संस्थागत आइसोलेशनमा छन्।

अहिले ८०२ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १८१ जना भेन्टिलेटरमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here