आस्ट्राजेनेका खोप प्रदेशमा पठाउन शुरू, सोमवारबाटै ज्येष्ठ नागरिकले दोस्रो मात्रा पाउने

    
 

स्वास्थ्य मन्त्रालयका अधिकारीले सोमवारबाट ६५ वर्षभन्दा माथिको उमेर समूहका नागरिकलाई आस्ट्राजेनेका खोप दिन थालिने बताएका छन्।

जापान र भुटान सरकारबाट प्राप्त खोप पहिलो मात्रा कोभिशील्ड खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा दिन लागिएको हो।

जापानले आफ्नो देशमा निर्मित आस्ट्राजेनेका खोपको १६ लाख मात्रामध्ये पहिलो किस्ता नेपाललाई शनिवार हस्तान्तरण गरेको छ।

काठमाण्डूस्थित जापानी राजदूत किकुटा युटाकाले उक्त खोप स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।

जापानले प्रतिबद्धता जनाएको खोपमध्ये आठ लाख आस्ट्राजेनेका खोप आइतवारसम्म नेपालमा आइपुग्ने अधिकारीले बताएका छन्।