नुवाकोटमा करेण्ट लागेर एक ब्यक्तिको मृत्यु

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं ५ मा एक महिलाको करेण्ट लागेर मृत्यु भएको छ । साविक बालकुमारी गाबिस वडा नं ६ रम्बुडाँडाकी ५२ बर्षिया राममाया पण्डितको करेण्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक पण्डित केशव पण्डितकी श्रीमती हुन् । साँझ करीब साढे ६ बजे कुखुराको खोरमा सट भएको करेण्ट लागेर घाइते पण्डितलाई उपचारका लागि खरानीटार अस्पताल पुर्याइएको थियो । तर, अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भइसकेको परिवारले बताएको छ ।
घटना आफ्नै घरमा पालिएको कुखुराको खोरमा बत्तिको व्यवस्था गर्न लाग्दा घटेको बताइएको छ । दानापानीको भाँडा र बत्तीको व्यवस्था मिलाउन लाग्दा बिजुली सट भइ निस्केको आगोले पण्डितलाई भेटेको स्थानियले बताएका छन् ।
करेण्ट लागेर अचेत भएकी पण्डितलाई स्थानिय स्वास्थ्यकर्मीको सहयोगमा अक्सिजनको समेत व्यवस्था गरी थप उपचारका लागि खरानीटार अस्पताल लगिएको थियो । तर, अस्पतालले बेलुकी ११ बजे उनलाई मृत घोषणा गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here