फलफुल पकेट कार्यक्रममा अनियमितता भयो भन्दै बिदुर न. पा. नुवाकोटमा तोडफोड

    
 

नुवाकोटको विदुर नगपालिका मार्फत सञ्चालित ‘सुन्तला जात फलफूल पकेट विकास कार्यक्रम’ मा अनियमितता भएको भन्दै वडाध्यक्षहरु बाटै नगरपालिकामा तोडफोड गरिएको छ ।
नेकपा (एमाले) बाट निर्वाचन नगरप्रमुख सञ्जु पण्डितको सिफारिसमा वडा नं. १३ मा सञ्चालित ‘पकेट विकास कार्यक्रम’मा तोकिए अनुसार सुन्तला र कागतिको बिरुवा वितरण नभएको पाइएपनि बजेट भुक्तानी गरेको बिरोधमा नेपाली काँग्रेस समर्थित छ जना वडाध्यक्षहरुको नेतृत्वमा नगरपालिकामा तोडफोड गरिएको हो ।