गल्छी गाउपालिका कार्यलयमा तालाबन्दी परीक्षा अगावै प्रश्नपत्र बेचेकाे अाराेप

बाल कक्षाको शिक्षक नियुक्ति मा परीक्षा अगाभै प्रश्न पत्र बेच्ने गोगनपानीको शिक्षक #रामहरि_थापालाई निलम्बन गर्नु पर्ने माग गर्दै नेपाली काँग्रेस गल्छीले, गल्छी गाउँ कार्यपालिकाको कार्यालयमा ताला बन्दी गरेको छ । आज भन्दा करिब ६ महिना अगाडी बिषय उब्जने बितिकै पटक पटक गल्छी गा.पा शिक्षा शाखामा उजुरी गर्दा पनि यो राजनिति मुद्दा भन्दै गल्छी शिक्षा शाखा पन्छिने प्रयत्न गरेको थियो । यसको बाबजुद पनि गल्छीका केहि सचेत युवाले साउन १३ गते शिक्षा शाखामा तालाबन्दी गरेको थियो । उत्त ताला आफुहरुलाई बिना जानकारी काटिएकोले कडा प्रतिकारमा उत्रनु परेको गल्छीको एक युवा नेता श्रिराम खतिवडाले जानकारी गराउनु भएको छ । यसलाई बेवास्ता गरिए अझ कडा प्रतिकारमा उत्रने भन्दै गल्छी काँग्रेसको नेताहरु बिनोद कुमार कार्की, दिपक कार्की, भाइकाजी तिवारी, बिशाल लुङ्गेली मगर, गोपीप्रसाद रिमालले आज कोणसभामा बोल्दै जानकारी गराउनु भएको छ ।
उक्त कार्यक्रममा युवाहरुले
१. नालायक शिक्षा प्रमुख राजिनामा दे!
२. भष्ट्राचारी प्रअ लाइ कारवाही गर
३. शैक्षिक योग्यताको कदर गर
४. शैक्षिक अब्बलताको आधारमा पदपूर्ति गर
५. सार्वजनिक शिक्षाको गुणस्तर कायम गर
६. ताला तोड्न पाइँदैन: नालायक शिक्षा प्रमुख चाँहिदैन
भन्दै नाराबाजी गरेका थिए । भने गल्छी गा.पा अध्यक्ष, उपाध्याय, प्रशासनिक अधिकृत र शिक्षा प्रमुख भने आन्दोलनकारी आउने खवर पाएर पहिले भागिसकेकाे गल्छीबाट राजु पुलामी मगरले जानकारी दिनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here