भोलि धादिङमा विद्युत सेवा अवरुद्ध हुने

धादिङमा भोलि २०७८-०४-१६ गते शनिबार विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ । शुक्रबार प्राधिकरणको धादिङ शाखाले एक सूचना जारी गर्दै नुवाकोटको विदुर नगरपालिका–६ रातमाटे तथा केराघारीमा निर्माणधिन सोलार फार्मबाट देविघाट पावर हाउसको सवस्टेशनबाट धादिङ आएको ३३ केभी प्रशारण लाईन निर्माण कार्य हुने भएकाले भोलि शनिबार बिहान ७ बजेदेखी बिहान ११ बजेसम्म सटडाउन हुने जनाएको छ।

उक्त समयमा धादिङको ३३/११ जहरे धादिङबेशी र सल्यान्टार सवस्टेशन अन्तर्गतका सम्पूर्ण ११ के.भी फिडरहरु बन्द हुने भएकाले थाक्रे, गल्छी,गजुरी, बेनिघाट रोराङ, सिद्धलेक, ज्वालामुखी, नीलकण्ठ, नेत्रावती डवजोङ, त्रिपुरासुन्दरी, गंगाजमुना र आरुघाट लगाएतका सम्पूर्ण क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने सूचनामा लेखिएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here