नेप्से द्वारा प्यान नम्बर अपडेट गराउन लगानीकर्तालाई आग्रह

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सेयर लगानीकर्तालाई आफ्नो स्थायी लेखा नम्बर (प्यान) अपडेट गराउन आग्रह गरेको छ । अधिकांश लगानीकर्ताले फरक प्यान नम्बर अपडेट गरेको पाइएपछि नेप्सेले बुधबार एक सूचना जारी गर्दै उनीहरुलाई आफ्नो प्यान नम्बर ठीक हो वा होइन भन्नेमा यकिन गरेर मात्रै अपडेट गर्न आग्रह गरेको हो ।

नेप्सेले विगतदेखि नै सिडिएस एण्ड क्लियरिङ्गको सीएनएस सिष्टमबाट प्राप्त पुँजीगत लाभकर विवरण सम्बन्धित राजस्व कार्यालयमा अपलोड गर्दै आएको छ । सो क्रममा अधिकांश लगानीकर्ताको प्यान नम्बर फरक फरक प्रविष्टि गरिएको पाईएपछि उक्त नम्बर आन्तरिक राजस्व विभागको साइटमा अपलोड हुन नसकेको नेप्सेले बताएको छ ।

साथै, उक्त फरक प्यानले गर्दा लगानीकर्ताको प्यान नम्बरमा पुँजीगत लाभकर जम्मा नभएको गुनासो आएको नेप्सेले प्रष्टाएको छ । त्यस्तै, प्यान नम्बरको कारणले लगानीकर्ताको वास्तविक प्यान नम्बरमा पुँजीगत लाभकर नगएमा स्वयं ब्रोकर जवाफदेही हुनुपर्ने समेत नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here