असोज १५ देखि कोरोनाको तेस्रो लहर सुरु हुनसक्ने स्वास्थ मन्त्रालयको प्रक्षेपण

आगामी असोज १५ गतेदेखि नेपालमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै असोज १५ देखि संक्रमणको तेस्रो लहर आउन सक्ने जनाएको हो ।

समितिमा बोल्दै योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले आगामी पाँच महीनामा १ लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने जानकारी गराएका छन् । भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालनाको स्तरले यसलाई अगाडि वा पछाडि धकेल्नसक्ने उनले जनाए !

संक्रमितमध्ये ३८ हजारलाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना रहेको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here