धेरै पछि एकै दिनमा ३ हजार भन्दा बदीमा कोरोना संक्रमण

नेपालमा पछिल्लो केही दिन देखि कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामै नेपालमा ३ हजार १ सय १४ जना नयाँ संक्रमित थपिएका छन् ।

यो अवधिमा पीसीआर १०६२५ तथा एन्टिजेन ४२८५ गरी कुल १४ हजार ९ सय १० जनाको परीक्षण गरिएको थियो ।
जस अन्तर्गत पीसीआरतर्फ २३ सय ९ तथा एन्टिजेनतर्फ ८ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा १६ जना संक्रमितको दुखद निधन भएको छ ।
पछिल्लो २४ घण्टामा २१ सय ९७ जना संक्रमणमक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here