आमा म्यादी प्रहरी छोरा पाइलट: बाल्यकाल देखि प्रहरी बन्ने कमलाको सपना पूरा

मोरङ । तस्बिरमा देखिएका दुईजना आमा छोरा हुन्,। मोरङकी ४२ वर्षीया आमा कमला भण्डारी र भर्खरै मात्र पाइलट भएका उनका छोरा हुन्।

४२ वर्षकी आमाले आगामी निर्वाचनमा म्यादी प्रहरीमा छनोट भई प्रहरी बन्ने बाल्यकालको सपना पूरा गरिन् भने छोराले पाइलट बन्ने सपना पूरा गर्दैछन् ,।

विगतमा धेरै दुख कष्ट गरेर उनले छोरालाई अरू कसैको पोशाक लगाएर विद्यालय पढाइन्,। उनले इजरायलमा करिब ११ वर्ष सम्म स्याहारसुसारको काम समेत गरिन्। उनी कुनै पनि काम सानो–ठूलो हुदैन भन्ने विश्वास गर्छिन् । आमा र छोरा दुबैले मिलेर आफ्नो सपना पुरा गर्नु उनीहरुका लागि सबैभन्दा गर्वको क्षण हो ।