परिचय खुल्ने आधिकारिक कागजात भए मतदान गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाउने जनाएको छ ।
आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो ।
निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएकोरनासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो । मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको एकैचरण निर्वाचन हुँदैछ । जसका लागि उम्मेदवारहरु गाउँगाउँमा प्रचारप्रसारका लागि पुगेका छन् । आयोगले निर्वाचन तयारी धमाधम भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here