साउदी अरेबियाले ४ सय मिलियन डलरको मानवीय सहायता युक्रेनलाई प्रदान गर्ने

अन्तरास्ट्रिय खबर । साउदी अरेबियाले युक्रेनलाई ४ सय मिलियन डलर मानवीय सहायता उपलब्ध गराउने भएको छ ।
साउदी युवराज मोहम्मद बिन सलमानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई फोन गरेर उक्त सहयोगको बाचा गरेका हुन् ।
युद्ध अन्त्यका लागि युवराजले मध्यस्थताका प्रयास जारी राख्न र डि–एस्केलेसनमा सहयोग गर्ने सबैलाई समर्थन गर्न तत्परता व्यक्त गरेको पनि प्राप्त विवरणहरुमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here