निर्वाचन सम्बन्धी प्रश्न वा जिज्ञासा सोध्न, ११०२ टोल फ्री नम्बर

काठमाडौं । आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि कुनै पनि प्रश्न ट्रोल फ्री नम्बरबाट सोध्न सकिने भएकाे छ ।
शुक्रबार निर्वाचन आयोगले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट जारी गर्दै उक्त नम्बर सार्वजनिक गरेको हो । आगामी मंसिर ४ गते हुने निर्वाचनसम्बन्धी आफूलाई लागेको जिज्ञासा बुझ्न ११०२ नम्बरमा कल गर्न सकिन्छ । याे निःशुल्क टोल फ्री नम्बर भएकाले यसमा कल गर्न कुनै पनि शुल्क लाग्दैन ।

त्यस्तै निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन ई-बुलेटिन पनि सञ्चालन गरेको छ । सञ्चारमाध्यम र सम्बन्धित पक्षलाई आयोगका निर्णय, गतिविधि र निर्वाचनका सूचना अनलाइनबाट प्रवाह गर्न उक्त सेवा सञ्चालनमा आएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here