अलपत्र पर्यटकहरुको बिचौलियबाट ठगी: सम्बन्धित निकाय मौन – प्रदीप तामाङ

काठमाडौ । सन्दर्भ पर्वतीय पर्यटनको, नेपाल सगरमाथाको नामले चिनिएको देश हो । पर्वतिय पर्यटन ब्यवसायमा परेको समस्याहरु सम्बन्धित निकायहरुले बुझेर दीर्घकालीन समाधानको बाटो नखोज्नु हामी पर्यटन ब्यावसाही लगाएत सबै नागरिकको लागी दुर्भाग्य भै रहेको छ ।

तपाई हामी सबैलाई थाहा छ रामेछाप, मन्थलीमा थुनिएर बसेका पर्यटकहरुलाई लाग्ने भाडा भन्दा दोब्बर पैशा तिरेर भय पनी आफ्नो गन्तव्यमा जान चाहन्छन् र लाग्दो भाडा भन्दा दोब्बर तिर्न खोज्दा पनी हेलिकप्टर पाईरहेका छैनन् यस्तो आपत जुन मौसमी खराबीको कारणले हजारौं बिदेशी पर्यटकहरु निजि कम्पनीहरुबाट ठगी गरिएको अबस्थामा राज्यले नेपाल आर्मीको हेलिकप्टरहरु प्रयोग गरेर पर्यटनहरुलाई बिचौलियबाट ठग्नबाट जोगाउनु राज्यको कर्तब्य थियो तर सम्बन्धित निकाएका संस्थाहरु टुरिजम बोर्ड र नेपाल सरकार रमिता हेरेर बसिरहेका छन पर्यटन क्षेत्रका नेता भनिनेहरु कानमा तेल हालेर बसिरहेका छन भने नेपाल सरकारको छिटोभन्दा छिटो
ध्यानाकर्षण होस ।

प्रदीप तामाङ
पर्यटन ब्यबसायी तथा टुरिष्ट गाइड