पहिलो रुबीभ्याली १ गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सप्पन्न

धादिङ । लब्दुङ्ग युवा समाज द्वारा आयोजित “पहिलो रुबीभ्याली १ गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता” सोमबार सम्पन्न भएको छ ।

प्रतियोगितामा रुबीभ्याली ३ सेर्तुङको नमस्ते च्याम्रा क्लब प्रथम भएको छ भने सेर्तुङ कै सेरची डुङ्गमा क्लब द्वितीय भएको छ । त्यस्तै रुबीभ्याली ४ चालिस गाउँका मिलिजुली युवा क्ल्ब तृतीय भएको छ भने चौथो खर्च समाज भएको अब्राहम तामाङले होराईजन खबरलाई बताउनु भयो ।

प्रतियोगितामा प्रथम हुन सफल टिमले ६५ हजार ५ सय, द्वितीयले ३५ हजार ५ सय तृतीयले २० हजार र सान्त्वना हुन सफल टिमले ५ हजार नगद सहित सिल, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन ।

रुबीभ्याली १ लब्दुङ्ग युवा समाज द्वारा आयोजित उक्त प्रतियोगितामा भलिबल खेल संगै गोरु जूधाई, सांस्कृतिक एबं चिठ्ठा कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

साथै समापन कार्यक्रमको अध्यक्षता आयोजक समितिको तर्फ बाट अजय तामाङले गर्नु भएको थियो भने प्रमुख आतिथ्य रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङको रहेको थियो त्यस्तै विशेष आतिथ्य वडा न १ का वडा अध्यक्ष पम्बर तामाङको रहेको थियो भने अन्य अतिथिहरुमा रोमि घले, बिपिन तामाङ लगायतको आतिथ्य रहेको तामाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here