धादिङ । नेपाली काग्रेस धादिङका सभापती रामनाथ अधिकारीले धादिङ प्रतिनिधि सभा क्षेत्र न २ मा टिकट पाए संगै असन्तुष्ट पक्ष बाट नेपाली कांग्रेस पुर्ब जिल्ला सभापति रमेश धमला द्वारा स्वतन्त्र उम्मेदवारी दिएका छन ।
साथै सोही क्षेत्रमा नेकपा एमाले बाट खेम लोहनीले उम्मेदवारी दिएका छन भने राष्ट्रिय स्वतन्त्र पार्टी बाट बसुमाया तामाङले उम्मेदवारी दिइएकि छिन ।
त्यस्तै गठबन्धनले जिल्लाको क्षेत्र नम्बर १ मा एकीकृत समाजबादीका राजेन्द्र पाण्डेलाई उठाउने निर्णय भएको छ र सोही क्षेत्रको प्रदेश क मा कांग्रेस बाट मधुकुमार श्रेष्ठ र प्रदेश ख माओवादी बाट शालिकराम जमकट्टेललाई उठाउने भएको छ भने क्षेत्र नम्बर २ तर्फ नेपाली कांग्रेसलाई र सोही क्षेत्रको प्रदेश क मा काग्रेसका नेता गोबिन्द लम्साल र ख मा माओवादी बाट जगत सिंखडालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।