धादिङ । नेकपा एमाले धादिङले जिल्लाका प्रत्यक्ष तर्फको सम्पूर्ण टिकट बाँडफाँट गरेको छ ।
नेताद्वय खेम लोहनी र भुमि त्रिपाठीले प्रतिनीधि सभा सदस्यको टिकट प्राप्त गरेका छन् । प्रतिनीधि सभा क्षेत्र नं. १ मा भुमि त्रिपाठी र क्षेत्र नं. २ बाट खेम लोहनीलाई टिकट दिने नेकपा एमालेले निर्णय गरेको हो ।
यस्तै प्रतिनीधि सभा क्षेत्र नं. १ क बाट एमालेले युवा उम्मेदवार रमेश आचार्यलाई टिकट दिएको छ भने यस क्षेत्रको ख का लागि गजेन्द्र थपलियाले टिकट पाएका छन् । प्रतिनीधि सभा क्षेत्र नं. १ क मा यस अघि चुनाव जितेका डा. रामकुमार अधिकारीले नै टिकट पाएका छन् भने यस क्षेत्रको ख मा एमाले धादिङ उपाध्यक्ष धनबहादुर घलेले टिकट पाएका छन् ।