सत्ता गठबन्धनबाट धादिङ क्षेत्र न. १ को ‘ख’ मा साझा उम्मेदवार सालिकराम जमकट्टेल

धादिङ । सत्ता गठबन्धनबाट धादिङ क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ मा नेकपा माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जमकट्टेल मुख्य मन्त्रीको दावी सहित प्रदेशमा पुन उम्मेदवार भएका हुन ।
गठबन्धनले जिल्लाको क्षेत्र नम्बर १ एकीकृत समाजबादी र सोही क्षेत्रको प्रदेश क कांग्रेस लाई र प्रदेश ख माओवादीलाई दिने भएको छ भने क्षेत्र नम्बर २ तर्फ नेपाली कांग्रेसलाई र सोही क्षेत्रको प्रदेश क कांग्रेस र ख माओवादीलाई दिने निर्णय गरेको छ ।

त्यस्तै जमकट्टेल संग एमालेका गजेन्द्र थपलियाले भिड्ने निश्चित भएको छ । एमालेका थपलियाले नयाँ अनुहार हुन् । स्थानीय तहको मतलाई आधार मान्दा यस क्षेत्रमा शालिकराम जमकट्टेल जितका लागि सुरक्षित देखिन्छन् भने नेकपा एमाले निकट नेपाल बुद्धिजिवि परिषदका महासचिव समेत रहेका थपलियालाई कठिन चुनौती छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here