विश्व आत्महत्या रोकथाम दिवस: नारामा मात्रै सिमित

धादिङ । आज बिहान ६ बजे आँखा आँखा खुल्यो । उठेर मोबाईल खोलेँ। अनि वाईफाई कनेक्ट गरेँ। फेसबुक खोलेँ। फेसबुकमा २० वटा नोटिफिकेसन आएको रहेछ। नोटिफिकेसनहरु हेरेँ । फेसबुकमा साथीहरुको साहित्यिक रचनाहरु र पोस्टहरु हेरेँ लाईक कमेन्ट गरेँ।

मोबाईल चार्ज गरेँ र फ्रेस हुन बाथरुम छिरेँ। फ्रेस भएर निस्केपछी चिया पिउन गएँ। चिया पिएर आईसकेपछी मोबाईल चार्ज बाट निकालेँ। मोबाईल ९९% भैसकेको रहेछ। अनि सङ्गैको हाम्रो पात्राको नोटिफिकेसन थियो जसमा लेखिएको थियो ” शनिबार, भदौ,२५, २०७९
विश्व आत्महत्या रोकथाम दिवस”
सोचेँ “आत्महत्या रोकथाम दिवस रे ? हैन मलाई थाहा थिएन यस्तो दिवस नि हुँदा रहेछ भनेर।” आत्महत्याको बारेमा केके प्रयास भएका थिए, मलाई थाहा थिएन। पोहोर साल पल्ला गाउँका गोरे मगरले रुखमा झुन्डिएर आत्महत्या गरे, उनले किन आत्महत्या गरे कसैले ध्यान दिएनन् । अस्ति मात्र पारी गाउँमा राम चेपाङले तरकारीमा हाल्ने बीस सेवन गरेर शरीर त्याग गरें के कारण भनेर कुनै निकायले छानबिन गरेन। अर्कि हरिमाया गुरुङले कम्मरको नाम्लो गलामा लगाए तर कसैले रहस्य थाहा पत्ता लगाउने प्रयास गरेनन् । यस्ता घटना त प्रतिनिधि घटना मात्रै हुन्। यस्ता कयौ घटना त गुमनाम छन् हाम्रो समाजमा।

सरकारले खै त यस्ता आत्महत्या गर्न केके प्रयास गरेका छन् । विश्व स्वास्थ सङगठनको अनुसार विश्वभर बर्ष भरी सात लाख मानिसहरुले आत्महत्या गर्ने गरेको देखिन्छ। नेपालमा दिनमा कम्तीमा १६ जनाले आत्महत्या गर्ने गरेको तथ्यांकमा उल्लेख गरेको पाईन्छ। तर सरकारले आत्महत्या रोकथामका लागि खासै प्रयास गरेको देखिदैन । विशेष गरि अशिक्षा, गरिबी, बेरोजगार, मद्यपान लागुपदार्थको सेवन,देशको बिग्रदो राजनीतिक आर्थिक अबस्था, माया प्रेममा बिछोडको कारणले आत्महत्या बढेको देखिन्छ। विशेष गरि किशोर किशोरीले प्रेममा बिछोडको कारणले आत्महत्याको दर ह्वात्तै बढेको देखिन्छ। अत! सरकारले आत्महत्या रोकथाम दिवस ठुला ठुला होटल रेस्टुरेन्टमा नभई बिकट गाउँ, घर,गरिब एवम लक्षित बर्गहरुलाई जनचेतना अभिबृदी गराएर,देशको सामाजिक,आर्थिक,शैक्षिक,राजनैतिक अबस्थालाई सुधार नगरेसम्म आत्महत्या दर घट्ने देखिदैन ।
यस्तै सोचिरहेको थिएँ। घडीमा सात बजेछ अनि यी सबै कुरा बिर्सेर,लुगा फेरेर तयार भएँ।

अनि अनलाइन समाचारको पेज खोलेँ र सुरुमा नै लेखिएको थियो।
“आत्महत्या रोकथाम विरुद्धको कार्यक्रम राजधानीको पाँच तारे होटलमा हुने,प्रमुख अतिथी प्रधानमन्त्री एवम रास्ट्रपति ।।।” जुन नेताहरुको कामले वाक्क भइ नेपाली जनताहरु आत्महत्या गर्न बाध्य छन् तिनै नेताहरु प्रमुख अतिथी रे! थुईक्क भन्दै अनि जबर्जस्ति अलिकती ओठ खोलेर ङिच्च हाँस्दै खुरुखुरु आफ्नो काम तिर लागेँ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here