होराईजन सम्पादकीय । अनलाईन पत्रकारीता पनि अन्य पत्रकारीता जस्तै एउटा बिधाकाे रूपमा लिन सकिन्छ । रेडियाे, टेलिभिजन, पत्रपत्रिका भन्दा फरक विधाकाे रूपमा अनलाईन पत्रिकालाई हेर्ने गरिन्छ । अनलाईन पत्रकारीता डिजिटल (कम्प्युटर) सिद्धान्तमा आधारित हुन्छ ।
समाचार सामग्री उत्पादन गरी इन्टरनेटमार्फत् वितरण गर्नुलाई अनलाईन पत्रकारिता भनिन्छ । अनलाईन संचारमा कम्प्युटर टेलिफोन लाईन वा इन्टरनेटका साथै विद्युतीय उर्जाको पनि अनिवार्य भूमिका रहन्छ ।
यसभित्र पत्रिकाको जस्तो शब्द—चित्र सामग्री, रेडियोको जस्तो श्रव्य सामग्री र टेलिभिजनको जस्तो श्रव्य—दृश्य सहितको सामग्री समेत पर्दछन् । परम्परागत मिडियाहरू अहिले पूर्ण रूपमा अनलाईनमा निर्भर बन्दै जानु तथा नेपाल मै पनि परम्परागत सञ्चार माध्यमको तुलनामा अनलाईन पत्रकारीताको विकास र विस्तार तिव्र गतिमा भइरहेको छ। जस्ताे कि नेपालमा पनि ठुला भनिएका छापा सञ्चार पत्रिकाहरू समेत अनलाईन मा पनि सम्प्रेशण हुनथालेकाे छ ।
अनलाईन पत्रकारीताकाे ईतिहास कस्ताे छ त ?
विश्वमा इन्टरनेटकाे विकास सन् १९७०को दशक तिर भए पनि त्यसले सन् १९९० पछि मात्रै व्यापकता पाउन थालेको हो । सन् १९६९मा अमेरिकी रक्षा विभागका अनुसन्धान विशेषज्ञले कम्प्युटरको नेटवर्क अर्पानेटबाट प्रयोगात्मक रूपमा सूचनाहरू आदान–प्रदान गर्न सुरु गरेकाे भए पनि सन १९७० मा यसले टेलिटेक्स र भिडियो टेक्सको रूपमा विकास भएकाे पाईन्छ। १९९०मा बेलायती वैज्ञानिक टीम वर्नर लीले वेभसाइटहरू बनाउनको लागि अत्यावश्यक एचटीएमएल (html) कोडहरूको विकास गरेका थिए।
१९९२ मा अमेरिकाको शिकागो ट्रिव्यन अनलाईनको रूपमा इन्टरनेमा प्रकाशित भयो । यसपछि नै वास्तविक अनलाईन पत्रकारिताको शुरुवात भएको पाईन्छ । यसले सुरुका अवस्थामा समाचारपत्र मै छापिएका सामग्रीहरूको डिजिटल स्वरुप अमेरिका अनलाईनको होमपेजमार्फत् अनलाईनमा राख्ने गथ्र्यो ।
नेपालमा अनलाईन पत्रकारीताको प्रारम्भ गर्ने पहिलो संस्थाको रूपमा मर्कन्टाइल हाे । उसले सन् १९९५मा साउथ–एसिया डट कम मार्फत मर्कन्टाइलले कान्तिपुर पब्लीकेशन हाउसको अङ्ग्रेजी दैनिक दि काठमाडौँ पोस्टलाई आफ्नो साइटमा राखेर अनलाईन पत्रकारीताको प्रारम्भ गरेको थियो ।
नेपाली अनलाईन पत्रिकाको रूपमा नेपालीपोष्ट डटकमलाई लिइन्छ। अमेरिका पुगेका पत्रकार गिरिश पोखरेलले यसको प्रारम्भ गरेका थिए र अहिलेसम्म पनि सञ्चालीत छ। यो नेपाली भाषाको पहिलो अनलाईन पत्रिकाको रूपमा लिइन्छ।
अनलाईन पत्रकारिताका दर्शकले सामान्यतया निःशुल्क वल्र्ड वाइड वेबमार्फत् इन्टरनेटमा रहेको समाचार पढ्न, हेर्न, सुन्न सक्ने छन् ।
लेखक : इस्वर थापा मगर (हाेराईजन खवर उपसम्पादक)