नुवाकोट । अखिल नेपाल किसान महासंघ नुवाकोटको चौथो बैठक एवं दोस्रो भेला शनिबार विदुरमा सम्पन्न भएको छ । सीताराम थापाको अध्यक्षतामा बैठक एवं भेला सम्पन्न भएको हो ।
भेलाले बिषयगत जिल्ला घटक संघका १० जना संयोजक छनोट गरेको छ । तरकारी किसान संघको संयोजकमा ठाकुर प्रसाद भण्डारी, महिला किसान संघको संयोजकमा धनकुमारी रिजाल, अलैंची किसान संघको संयोजकमा लेखत ब. केसी, फलफूल किसान संघको संयोजकमा लेख प्रसाद बोहरा, दुध उत्पादन किसान संघको संयोजकमा रामगोपाल सिलवाल, खाद्यबाली किसान संघको संयोजकमा रामप्रसाद अधिकारी, अालु उत्पादन किसान संघको संयोजकमा सहलेव राई, मौरी पालन किसान संघको संयोजकमा आशादेवी श्रेष्ठ, अदुवा बेसार उत्पादन किसान संघको संयोजकमा गीता अधिकारी र पशुपालन किसान संघको संयोजकमा सुनिता तामाङ चयन भएका छन् ।