नेकपा एकीकृत समाजवादी धादिङको चौथो बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

धादिङ । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी) जिल्ला कमिटी धादिङको चौथो बैठक एवं प्रशिक्षण कार्यक्रम पूर्व प्रधानमंत्री झलानाथ खनालको प्रमुख आतिथ्यमा शनिबार धादिङ बेशिमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि खनालले स्थानीय निर्वाचनमा आफ्नो पार्टीले सोछे जस्तो जित हासिल गर्न नसकेको र आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा उत्कृष्ट मतका साथ बिजय हुने बताउनु भयो । यस्का निम्ति जिल्ला पार्टी नेता कार्यकर्ता सक्रिय साथ लाग्न समेत अनुरोध गर्नु भयो ।

प्रशिक्षणमा समाजवादीका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसहित बागमती प्रदेश कमिटीका इन्चार्ज केदार न्यौपाने, पोलिटब्युरो सदस्य एवं धादिङका ईन्चार्ज गुरुप्रसाद बुर्लाकोटी लगाएत नेताहरु पनि सहभागि थिए ।
चुनावको मिति घोषणा भएसंगै पार्टी प्रशिक्षण र भेला गोष्ठीमा दलहरू सक्रिय हुन थालेको छन् । केन्द्रीय नेताहरु पनि जिल्ला धाउन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here