माओवादी केन्द्र धादिङको अभिमुखिकरण तथा जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

धादिङ । नेकपा माओवादी केन्द्र धादिङले स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित भएका पार्टी निकट जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ । पालिका तथा वडा तहका विभिन्न पदमा निर्वाचित जनप्रतिनिधीहरुलाई शनिबार धादिङबेसीमा अभिमुखिकरण सहित सम्मान गरेको हो । माओवादीबाट धादिङ जिल्लाभर १ सय ५४ जना निर्वाचित भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि आर्थिक तथा मामिला मन्त्री शालिकराम जमकट्टेल, नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य राम बहादुर भण्डारी त्यस्तै मनराज भण्डारी लगायत नेता कार्यकर्ता तथा स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here