उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल र एमालेकी विद्या भट्टराईको उम्मेदवारी

काठमाडौ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदै छ। त्यसैले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ।
गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ। उनले उम्मेदवारी दर्ता गराएकी छन्। एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन्।
यसअघि एमालेले साना दलहरुले अघि सारेका उम्मेद्वारहरुलाई सघाउने तयारी गरेको थियो। जसमा लोसपाकी चन्दा चौधरीको नाम अगाडि आएको थियो। तर, अब भने कांग्रेसकी भुसाल र एमालेकी भट्टराईबीच नै प्रतिस्पर्धा हुने भएकाे छ।