गर्भनर अधिकारीविरुद्ध अखिल क्रान्तिकारी धादिङ द्वारा विरोध प्रदर्शन

धादिङ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गर्भनर महाप्रसाद अधिकारीविरुद्ध धादिङमा पुत्ला जलाएर विरोध प्रदर्शन गरेको छ । धादिङको सदरमुकाम धादिङबेसिमा पुत्ला जलाएर बिरोध प्रदर्सन तथा राजिनामा माग गरेका हुन ।

 
सो क्रममा  प्रदर्शनकारीहरूले ‘एमाले पार्टी कार्यकर्ता गर्भनर राजीनामा दे, अर्थतन्त्र तहसनहस पार्ने गर्भनर राजीनामा दे’लगायतका नारा लगाएर बिरोध प्रदर्सन गरेका हुन । एमाले अर्थ तथा योजना विभाग सदस्यमा महाप्रसाद अधिकारीको नाम एम अधिकारी प्रयोग भएको दाबी उनीहरुको छ । साथै कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी धादिङका बरिस्ठ उपाध्यक्ष गणेश कुमार श्रेष्ठले एमाले पार्टी कार्यकर्ता गर्भनर एम अधिकारीले तुरुन्त राजीनामा दिनु पर्ने अन्यथा थप कडा भन्दा कडा कदमहरु चाल्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here