बेलारुसको आरोप: युक्रेनले आफ्नो भुमिमा क्षेप्यास्त्र प्रहार गर्यो

अन्तरास्ट्रिय खबर । बेलारुसका राष्ट्रपति अलेक्सान्डर लुकासेन्कोले युक्रेनबाट आफ्नो क्षेत्रमा प्रहार गरिएको क्षेप्यास्त्रलाई सेनाले खसालेको बताउँदै दुस्मनले गर्ने कुनै पनि आक्रमणको तत्काल जवाफ दिने चेतावनी दिएका छन् ।

‘हामीलाई उत्तेजित बनाउन खोजिँदैछ,’ सरकारी सञ्चारमाध्यम बेल्टाले उनलाई उद्धृत गर्दै भनेको छ, ‘करिब तीन दिन अघि युक्रेनबाट उनीहरुले बेलारुसको सैन्य क्षेत्रमा आक्रमण गर्न खोजेका थिए । भगवानको कृपाले हाम्रो प्यान्टसीर हवाई सुरक्षा प्रणालीले युक्रेनी सैनिकले प्रहार गरेका सबै क्षेप्यास्त्रलाई रोक्यो ।’

गत हप्ता युक्रेनले पनि बेलारुसले प्रहार गरेको क्षेप्यास्त्र आफ्नो क्षेत्रमा खसेको आरोप लगाएको थियो । लुकासेन्कोले भने आफ्नो देशले रुस र युक्रेनबीचको द्वन्द्वमा हस्तक्षेप गर्न नचाहेको स्पष्ट पार्दै कीभ र उसका पश्चिमा गठबन्धनलाई चेतावनी दिएका थिए ।

‘हामी युक्रेनमा लड्न चाहन्नौँ । हामी मात्र एक परिस्थितिमा लड्नेछौँ । यदि तिमीहरू आफ्नो भूमिका प्रवेश गर्‍यौ भने, हाम्रो जनताको हत्या गर्‍यौ भने हामी प्रतिक्रिया जनाउने छौँ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here